सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा आफन्तको मलामी गएका एक किशोरको नदीमा डुबेर मृत्यु

२०७८ जेठ १२, ०६:२२ खबर संवाददाता

धनगढीः बैतडीमा नदिमा नुहाउने क्रममा एक किशोरको मृत्यु भएको छ।

जिल्लाको शिवनाथ गाउँपालिका वडा नम्बर १ सर्मालीस्थित पुण्लगाउँ बस्ने १७ वर्षीय महेश साउंदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

मंगलबार बिहान साढे ११ बजेको समयमा आफन्तको मलामी गएका उनी माहाकाली नदिको डम्मर घाटमा नुहाउने क्रममा वेपत्ता भएका थिए।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहकार्यमा खोजी गर्दा उनी साढे ४ बजे मृत अवस्थामा भेटीएको प्रहरीले जनाएको छ। उनको शव आफन्तले बुझिसकेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस