सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा २४ घण्टामा ११२ जनाले कोरोना जिते

२०७८ जेठ ९, ०५:२७ खबर संवाददाता

बैतडीः बैतडीमा पछिल्लो २४ घण्टामा ११२ जनाले कोरोना जितेका छन्। 

जिल्लाका विभिन्न स्थानमा रहेका संक्रमति मध्ये ११२ जना निको भएर घर फर्केकको स्वास्थ्य कार्यालयका प्रमुख योगेश प्रसाद भट्टले बताए। 

यो संगै जिल्लामा कोरोना जित्नेको संख्या १ हजार १ सय ६४ पुगेको छ। कुल संक्रमित १ हजार ९ सय ८६ जना मध्ये १ हजार १ सय ६४ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ। आईतबार बैतडीमा थप ११ जनामा कोरोना पुष्टि भएको छ।

पाटन नगरपालिकाका ७ जना, पुर्चौडी नगरपालिकाका र मेलौलि नगरपालिकामा २/२ जनामा कोरोना पुष्टि भएको छ। यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८ सय ८ पुगेको छ। 
 

कमेन्ट लोड गर्नुस