सुदूर नेपाललाई विश्वसँग जोड्दै

ऐतिहासिक महत्व वोकेको लिङगे पिङको संस्कृति हराउँदै

२०७५ कार्तिक ३, १०:३३ कमल सावद

दशैंमा एक पटक पिङ खेलेर भुई छाड्नु पर्ने प्रचलन सुदूरपश्चिममा पछिल्ला बर्षमा कम हुदै गएको छ। पुराना पुस्ताहरुमा पिङ खेल्दै दशैंमा  रमालो गर्ने प्रचलन थियो। तर नयाँ पुस्तामा पिङ प्रतिको आकर्षण कम हुदै गएको छ। पहिले–पहिले प्रत्येक गाउँ–गाउँमा पिङ हाल्ने चलन रहेको थियो। तर अहिले आएर ति गाउँमा एउटा पिङ पनि देख्न मुस्किल भैसकेको छ।  पिङ खेल्ने समयको सररर चाचाहुईको आवाज सँगैको मज्जा युवा पुस्ताले भुल्न थालेका हुन।

अहिलेको युगमा मनोरञ्जनका बैकल्पिक साधनहरुको विकास हुदै जानु, पिङ हाल्ने काम झण्झटिलो र धेरै दुःख गर्नु पर्ने हुदाँ अहिलेका युवा पुस्ताले पिङ प्रति रुचि देखाउन छाडेका कारण नै लोप हुने अवस्थामा पुगेको छ। परम्परागत रुपमा भिरमा पाईने बाबियो बाट बनाईने सीप नहुनु र यसको लागि आवश्यक पर्ने बाबियो काट्न युवाहरुले झन्झेट मान्दा समेत यो चलन लोप हुने अवस्थामा पुगेको हो।

दशैंको बेलामा हालिने मौलिक पिङ देख्न पनि मुश्किल हुने भएकाले सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा समेत पिङ देख्न मुस्कील हुन थालेको बाजुराका रंगबहादुर साउँदले बताए। दशैमा पिङको महत्व ठुलो छ । केहि वर्ष अगाडी सम्म टोल टोल सम्म बाँसको लिङ्गो गाडेर पिङ हाल्ने चलन सुदूरपश्चिममा थियो। पछिल्ला बर्षहरुमा पिङ देख्न मुश्किल भईसकेको छ।  सुदूरपश्चिम प्रदेशमा दशैंको समयमा धेरै युवाहरु जम्मा हुने र एक अर्कासंग खुसियाली साट्ने माध्या पिङ समेत थियो। अहिले आएर ईमेल ईन्टरनेट र फेसबुकमा नै युवा पिडि झुम्ने गरेकोले पाईएको छ। दशैको टिकाको दिन जसरी भए पनि एक दिन पिङ चढेर धर्ती छाड्नु पर्ने मान्यता रहे पनि अहिलेका युवाहरुले पिङ खेलेर भन्दा पनि जुवा तास, मदिरा सेवन गरेर दशै मनाउन थालेका भन्दै  बुढापाकाहरु चिन्तित हुन थालेका छन।   
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस