सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओलीले विश्व हँसाउने काम गरे :प्रवक्ता शर्मा

२०७८ जेठ ७, ०८:५० खबर संवाददाता

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीले दुनियाँ हँसाउने काम गरेको बताएका छन्। 

बिहीवार (हिजो) बहुमत छैन भनेर विश्वासको मत नलिने निर्णय गर्नुभएका प्रधानमन्त्री ओलीले फेरि बहुमत छ भनेर दाबी गर्दा विश्व हाँसेको प्रवक्ता शर्माले बताएका हुन्। 

उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘बहुमत छैन भनेर विश्वासको मतबाट भागेका प्रधानमन्त्रीले बहुमत छ भनेर फेरि दाबी गर्दा विश्व हाँसेको छ! लाज स्वयम् लजाएको छ!’

यस्तै प्रवक्ता शर्माले राष्ट्रपति संस्थाको गरिमा बचाइराख्न पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन्।  

आज प्रधानमन्त्री केपी शर्मा ओलीले एक सय ५३ सांसद्को आफूलाई समर्थन रहेको दाबी गर्दै राष्ट्रपति कार्यालयमा पत्र बुझाएको छ। 

यस्तै नयाँ सरकारका लागि विपक्षी गठबन्धनले एक सय ४९ जना सांसदले हस्ताक्षर गरेको पत्रसहित राष्ट्रपति समक्ष दाबी पेस गरेका छन्।   
 

कमेन्ट लोड गर्नुस