सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्माणाधिन महाकाली ४ लेन पुलको मेसिनसहित प्लान्ट बग्यो, करोडौंको क्षति (फोटो फिचरसहित)

२०७८ जेठ ७, ०१:२५ खबर संवाददाता

धनगढीः कञ्चनपुरस्थित महाकाली नदीमा निर्माधिन ४ लेन पुलको काम प्रभावित भएको छ।

२ दिन परेको लगातारको वर्षाका कारण नदीमा पानीको बहाब बढ्दा पुल निर्माणको कार्य प्रभावित भएको हो।

भीमदत्त नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष लालबहादुर शाहीका अनुसार पानीको बहाब बढ्दा निर्माण कम्पनीले पुलमा कालोपत्रे गर्न बनाइएको प्लान्ट, कालोपत्रे गर्ने मेसिनसहितका उपकरण बगाएको छ। जसबाट करिब करोडौंको क्षति भएको र निर्माणको कार्य प्रभावित भएको जानकारी दिए। करिब ७५ प्रतिशत काम पूरा भइसकेको पुल निर्माणको कार्य कुमार श्रेष्ठ निर्माण सेवाले गरिरहेको वडा अध्यक्ष शाहीले जानकारी दिए।

यसैबीच पुलमा काम गर्ने १० कामदारसमेत नदीको बीचमा रहेको टापुमा फसेका थिए। हाल पानीको बहाब घटेपछि उनीहरुलाई सुरक्षित स्थानमा सारिएको वडा अध्यक्ष शाहीले दिनेशखबरलाई जनाए।

कमेन्ट लोड गर्नुस