सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली नदीमा पानीको बहाब बढ्यो, पुलमा काम गर्ने १० कामदार टापुमा फसे

२०७८ जेठ ७, ११:५२ खबर संवाददाता

धनगढीः अविरल वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढ्दा १० जना कामदारबीच नदीमा फेसका छन्।

निर्माधिन महाकाली पुलमा काम गर्ने १० जना कामदार नदीको बीचको टापुमा फसेका हुन्। जिल्ला प्रहरी कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीका अनुसार पानीको बहाब बढ्दा १० जना कामदार नदीमा फसेका छन्।

तिनीहरुलाई उद्धारको लागि टोली परिचालन गरेको प्रहरी नायव उपरीक्षक क्षेत्रीले जानकारी दिए।

त्यस्तै, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले २ दिन परेको लगातारको वर्षातले पानीको सतह बढेकोले नदीको तटीय क्षेत्रका स्थानीयहरुलाई सतर्क रहन आग्रह गरे।

आफुसहितको टोली सम्बन्धित क्षेत्रमा अनुगमनमा गइरहेको प्रमुख जिल्ला अधिकारी महतोले दिनेशखबरलाई बताए। भीमदत्त नगरपालिकाको वडा नं. ११, १२ र १३ का प्रभावित भएको जनाइएको छ।

कमेन्ट लोड गर्नुस