सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका सिंहको निःशुल्क खाना अभियान

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ जेठ ६, ०७:५९ रासस

बझाङः युवा व्यवसायी जीवनबहादुर सिंहले कोरोना प्रभावित तथा तिनका कुरुवालाई निःशुल्क खाना वितरण अभियान शुरु गरेका छन्। 

सिंहले शुक्रबारदेखि जिल्ला अस्पताल सिमखेतमा रहेका कोरोना प्रभावित तथा कुरुवालाई खाना वितरण  गरिरहनुभएको छ। 

अस्पतालमा कोरोनाको परीक्षण शुरु भएदेखि नै उपचार गराउन आउने बिरामी तथा तिनका कुरुवाको बिजोग भएको थियो। निषेधाज्ञाका कारण  खाना खाने होटल बन्द हुँदा उनीहरु प्रभावित भएका थिए। अहिले एक दिनमा ५० देखि ७० जनासम्मलाई  खाना खुवाउने गरिएको छ।

“हाम्रो अभियानमा देशविदेशबाट धेरै जना जोडिएर सहयोग गरिरहनुभएको छ। कसैले आर्थिक सहयोग, कसैले खाद्यान्न सहयोग, कसैले ग्यास सिलिण्डरको  सहयोग गरिराख्नुभएको छ”, सिंहले भने।

औषधि, खाना वा अन्य कुनै पनि प्रकारको सेवा लिनुपरेमा ९८४८६०७६४७, ९८६४५९५९९४, ९८६८४०६६२० र ९८४८७५५२८८ मा फोन सम्पर्क गर्न पनि सिंहले अनुरोध गरेका छन्।
 

कमेन्ट लोड गर्नुस