सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पाटनका तीन वडा शील

२०७८ जेठ २, ०३:१० खबर संवाददाता

धनगढी: बैतडीको पाटन नगरपालिकाका तीन वटा वडा पूर्ण रुपमा शील गरिएको छ।

नगरपालिकाका आठ, नौ र १० नम्बर वडा यही जेठ १७ गतेसम्मका लागि शील गरिएको हो।

कोरोना भाइरसको संक्रमणबाट आइतबार वडा नम्बर आठका ३४ वर्षीय एक पुरुषको मृत्यु भएपछि तीनै वडा शील गरिएको बताइएको छ।

वडा नम्बर ८ को कार्यालयमा बसेको सर्वपक्षीय बैठकले ती तीन वटै वडालाई शील गर्ने निर्णय गरेको जनाइएको छ। जिल्लामा १७ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ।  
 

कमेन्ट लोड गर्नुस