सुदूर नेपाललाई विश्वसँग जोड्दै

वडा कार्यलयमा ताला

फोटो : पत्रकार कर्ण चन्द
फोटो : पत्रकार कर्ण चन्द
२०७५ असोज ३०, ०२:२८ खबर संवाददाता

डोटीको शिखर नगरपालिका वडा नम्बर ५ तिजालिको वडा कार्यलयमा स्थानियले तालाबन्दी गरेका छन्। वडा अध्यक्षले मनोमानी रुपमा काम गरेको आरोप लगाउदै वडा कार्यलयमा तालाबन्दी गरिएको हो। उपभोत्ता समिती नै गठन नगरी तिजालीका विभिन्न सडक मर्मत संभार गर्ने काम गरेको स्थानियले आरोप लगाएका छन्।

हरेक विकास निर्माणका काम गैर कानूनी रुपमा भईरहेकाले वडा कार्यलयमा ताला लगाउनु परेको स्थानिय रामबहादुर बोहराले बताए। कसैसंग पनि छलफल नै नगरी वडा अध्यक्षले ५० हजार देखी ५ लाख सम्मको काम एकलौटी रुपमा डोजर लागएर गरेको स्थानियको आरोप छ। तर वडा अध्यक्ष पदम बोहराले भने दशैँमा बाटो खोल्न हतार भएका कारण उपभोत्ता समिती गठन नगरेको बताए। 

  
 

कमेन्ट लोड गर्नुस