सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली नदीमा हराएका भेटिएनन्

२०७५ असोज ३०, ०१:०२ कमल सावद

मोहन्याल गाँउपालिका वडा नम्बर ७ को पिच्मारी नजिक डुङ्गा पल्टिदा  वेपत्ता भएका  २२ बर्षिय समिर बडेला र २३ बर्षिय पु्रुषोत्म चौधरीको अझै पत्ता लाग्न सकेको छैन। ईलाका प्रहरी कार्यालय चिसापानीका अनुसार उनिहरुको कणार्ली पुत देखी दक्षिण क्षेत्रमा खोजी कार्य भैरहेको छ।
ईलाका प्रहरी कार्यालय चिसापनीका प्रहरी निरीक्षक दिपेन्द्र केसीका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी सहितको टोलीले टिकापुर क्षेत्रको कर्णाली नदीमा उनिहरुलाई खोजि रहेको छ। अहिले रानीजमरा क्षेत्रमा खोजी कार्य भैरहेको छ। ९ जनाको समुहले रवटको डुङ्गा प्रयोग गरेर उनिहरुलाई जोखि रहेको हो। 
अन्य तीन जनाको इलाका प्रहरी कार्यालय चिसापानिले सुकुसल उद्दार गरिएको थियो। उनिहरु मध्ये बौनियाका दुसान्त हमाल, चक्र विनाडी र डुङ्गा  चालक पिच्मारीका प्रकास विष्टको उद्दार गरिएको हो। उनिहरुलाई आफन्तको जिम्मा लगाईएको छ।
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस