सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरासहित ३ अस्पतालमा अक्सिजन प्लान्ट राख्न पौने ६ करोड बजेट

२०७८ जेठ १, ०३:४८ खबर संवाददाता

काठमाडौं: नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार पदबहाली गर्दै ३ अस्पतालमा अक्सिजन प्लान्ड जडानका लागि आवश्यक बजेट व्यवस्था गर्ने निर्णय गरेका छन्।

उनले राजधानीको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगञ्जको भेरी अस्पताल र डडेलधुराको डडेलधुरा अस्पतालका लागि पाँच करोड ८३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय स्वीकृत गरेका हुन्।

अर्थमन्त्री पौडेलले कोरोनाविरुद्धको लडाइँलाई केन्द्रित गरी आगामी वर्षको बजेट ल्याउनेसमेत बताएका छन्।

 

नेपालमा कोभिड १९ को दोस्रो लहर फैलिएसँगै संक्रमितका लागि अक्सिजनको अभाव बढ्दै गएको छ ।

कमेन्ट लोड गर्नुस