सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा चरेशसहित २ जना पक्राउ

२०७८ जेठ १, ०३:३९ खबर संवाददाता

धनगढी: बैतडी प्रहरीले लागुऔषध चरेशसहित २ जनालाई पक्राउ गरको छ। 

जिल्लाको सुर्नया गाउँपालिका–६ बाट ७ सय ग्राम चरेशसहित सोही गाउँपालिकाको वडा नम्बर ५ का अन्दाजी ३० वर्षीय सुरेश विष्ट र अन्दाजी २५ वर्षीय प्रकाश विष्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

पक्राउ परेका दुवैजनालाई थप कारवाहीका लागि जिल्ला झिकाउन लागिएको सूचना अधिकारी प्रहरी निरीक्षक दर्शन खड्काले बताए। 

कमेन्ट लोड गर्नुस