सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको खोड्पेमा हेल्थ डेस्क स्थापना हुने

२०७८ जेठ १, ११:१२ खबर संवाददाता

डीआर भट्ट, बैतडी: बैतडीको खोड्पेमा हेल्थ डेस्क स्थापना हुने भएको छ।

तराई तथा कोरोना प्रभावित ठाउँबाट जिल्ला प्रवेश गर्ने नागरिकहरुको कोरोना परीक्षणका लागि पाटन नगरपालिका वडा नम्बर ८ स्थित खोड्पे बजारमा हेल्थ डेस्क स्थापना गर्न समन्वय भइरहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र(डीसीसीएमसी)का संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए।

कोराना परीक्षणका लागि एन्टिजेन किट अभाव रहेको र किटको व्यवस्था भएपछि खोड्पेमा हेल्थ डेस्क स्थापना गरिने उनले बताए।। हेल्थ डेस्क स्थापना गर्न स्वास्थ्य कार्यालय बैतडीले किटको लागि पहल गरिरहेको पनि प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए।

एन्टिजेन किटका लागि पहल भइरहेको र किटको सुनिश्चतता भइसकेपछि हेल्थ डेस्क स्थापना गर्ने योजना बनेको स्वास्थ्य प्रमुख योगश प्रशाद भट्टले जानकारी दिए।

खोड्पेमा हेल्थ डेस्क नहुँदा अहिले खाद्यान्नका मालबाहक गाडी, अन्य विभिन्न कामका लागि पहाड भित्रिने यात्रुहरु कोरोना चेक जाँच बिनानै जिल्ला प्रवेश गरिरहेका छन्। यसबाट कोरोनाको संक्रमण झन बढ्ने खतरा देखिएको छ। 

कमेन्ट लोड गर्नुस