सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा जेठ १७ गते सम्म लकडाउन

२०७८ वैशाख ३१, ०६:२१ खबर संवाददाता

धनगढी: बैतडीमा जेठ १७ गतेसम्मका लागि लकडाउनको म्याद थपिएको छ।

बिहीबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले थप १५ दिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो। यसअघि जेठ २ गतेसम्म लकडाउन गरिएको थियो।

जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार अब बिहान ७ देखि ९ बजेसम्म मात्रै खाद्यान्नका पसलहरु खुल्ने छन्। बैंक तथा वित्तीय संस्थामा पालैपालो आधा कर्मचारी रहनेगरी सेवा प्रवाह गरिने जनाइएको छ।

कमेन्ट लोड गर्नुस