सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकार महासंघ डडेल्धुरा शाखाले १० शय्याको आइसोलेसन बनाउने

फाइल फोटो
फाइल फोटो
२०७८ वैशाख ३१, ०५:५५ खबर संवाददाता

धनगढी: नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले १० शय्याको आइसोलेसन बनाउने भएको छ।

सञ्चारकर्मीको कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणका लागि आइसोलेशन बनाउन लागिएको बताइएको हो।

बिहीबार महासंघको बैठक बसी आइसोलेसन बनाउने, कोरोना आकस्मिक कोष स्थापना गर्नेलगायतका निर्णय भएको जनाइएको छ।

महासंघका अनुसार आइसोलेसनका लागि महासंघको भवनमा खानेपानी र विद्युत जडान गर्ने काम गरि सकिएको छ। 

कमेन्ट लोड गर्नुस