सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको बडिमालिकाले गाडी भाडामा लिएर कोरोनाका बिरामी र शव बोक्दै

। फोटो स्रोत ।
२०७८ वैशाख ३१, ०४:०५ खबर संवाददाता

धनगढी: बाजुराको बडिमालिका नगरपालिकाले कोरोना भाइरस संक्रमित र संक्रमणबाट मृत्यु भएकाको शव बोक्न गाडी भाडामा लिएको छ।

नगरपालिकाले एम्बुलेन्सको व्यवस्था नभएसम्मका लागि गाडी भाडामा लिएको बताएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रव प्रसाद कोइरालाका अनुसार सदरमुकाम मार्तडी भित्र तेलसहित दैनिक ७ हजार र नगरपालिका बाहिर दैनिक १० हजार तिर्ने गरी भाडामा लिइएको छ।

त्यस्तै गाडी सञ्चालनमा नआए पनि दैनिक ७ हजार भाडा तिर्ने सम्झौता भएको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस