सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाकी कोरोना संक्रमित एक महिलालाई डडेल्धुरा अस्पताल रेफर गरियो

२०७८ वैशाख ३१, ०३:३२ खबर संवाददाता

धनगढी: दार्चुलाकी कोरोना भाइरस संक्रमित एक महिलालाई डडेल्धुरा अस्पताल रेफर गरिएको छ। 

जिल्लाको महाकाली नगरपालिका ५ की ३८ वर्षीया कोरोना संक्रमित महिलालाई फोक्सोमा समस्या देखिएपछि थप उपचारका लागि डडेल्धुरा अस्पताल रेफर गरिएको हो। 

जिल्ला अस्पताल दार्चुलाका अनुसार उनमा न्युमोनियाको समस्या देखिएको छ।

जिल्ला अस्पताल दार्चुलामा हाल ९ जना संक्रमित उपचाररत रहेका अस्पताले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस