सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णालीमा डुङ्गा पल्टियो, दुईजना बेपत्ता

२०७५ असोज २९, ०९:२६ खबर संवाददाता

कर्णाली नदीमा डुङ्गा  पल्टिदा दुई जना बेपत्ता भएका छन। मोहन्याल गाँउपालिका वडा नम्बर ७ को पिच्मारी नजिक डुङ्गा पल्टिदा दुईजना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बेपता हुनेमा जोशीपुर गाँउपालिका ५ का २२ बर्षिय समिर बडेला र २३ बर्षिय पु्रुषोत्म चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिए। घाइते भएका तीन जनाको इलाका प्रहरी कार्यालय चिसापानिले सुकुसल उद्दार गरिएको उनले बताए।

ईलाका प्रहरी कार्यालय चिसापनीका प्रहरी निरीक्षक दिपेन्द्र केसीका अनुसार  कर्णाली नदी क्षेत्रमा घुम्न गएका उनिहरु मध्ये बौनियाका दुसान्त हमाल, चक्र विनाडी र डुङ्गा  चालक पिच्मारीका प्रकास विष्टको उद्दार गरिएको हो। डुङ्गामा सवार बेपत्ताको खोजिमा समस्या भएको छ।  घटना अवेर साझतीरको भएकाले अध्यारोका कारण खोजी गर्न नसकिएको हो। भोली बिहान सवेरैबाट फेरी सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा खोजि सुरु गरिने प्रहरीले जनाएको छ। डुङ्गामा सवारले पिच्मारीको जंगलमा राखेका दुईवटा मोटरसाईकल प्रहरीले ल्याएर सुरक्षीत राखेको छ। 
 

कमेन्ट लोड गर्नुस