सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश सांसदलाई कालो झण्डा

फोटो : पत्रकार, पवन महरा
फोटो : पत्रकार, पवन महरा
२०७५ असोज २९, ०८:३४ खबर संवाददाता

डोटीका युवाहरुले डोटीबाट निर्वाचित प्रदेश सभा सदस्य अर्चना गहतराजलाई कालोझण्डा देखाएका छन। सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी बनाउन मतदान गरेको भन्दै सोमबार दिपायलमा युवाहरुले कालोझण्डा देखाएका हुन। डोटी चेम्बर अफ कमर्शले बडादशैँ तथा दीपावलीको अवसरमा पिपल्ला बजारमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा गहतराज प्रमूख अतिथि थिईन। सोही कार्यक्रममा उनले मन्तव्य राख्न शुरु गर्दैगर्दा युवाहरुले नाराबाजी सहित कालोझण्डा देखाएका थिए।

प्रदेशको राजधानी डोटीको दिपायल हुनु पर्ने भन्दै लामो समयदेखी आन्दोलनतर डोटी बासीले गोदाबरीको पक्षमा मत हालेको भन्दै सांसदलाई कालो झण्डा देखाएका हुन। शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने सबैजसो बक्ताहरुले गहतराज लगायत डोटीका तीनै जना सांसदको खुलेर बिरोध गरेका थिए।
 

कमेन्ट लोड गर्नुस