नेपालको उदाङ्गो राज्य व्यवस्था र कोरोना कहर
-नन्दराज भट्ट
नेपालको राज्य व्यवस्था, राजनीति र कोरोना एक अर्कोमा अन्तरसम्बन्धित छन्। विभिन्न आन्दोलन र जनताको बलिदानबाट प्राप्त लोकतन्त्र र माविय जीवन अहिले संकटमा परेको छ। राजनीतिक मूल्य मान्यता र संस्कृति विलिन हुँदैन गएको छ। भने, राज्यको दायित्व र भूमिका पनि अस्ताउनु लागेको घाम जस्तो हुँदैछ।
हुन त मानवको जन्म र मिर्त्यु शाश्वत सत्य हुन तरपनि राज्य व्यवस्था र राजनीतिक कूसंस्कारको कारण यतिबेला नेपाली नागरिकको निरीह रूपमा ज्यान गइरहेको छ। यसरी मानवीय ज्यान जानु भनेको राज्यद्वारा नागरिकको हत्या गरिनु हो। राज्य किन त भन्दा आपत विपत् र नागरिकको धनजनको सुरक्षाका लागि निर्माण गरिएको संरचना हो।
तर हाम्रो देशको राज्य सरकार ज्यान मार्ने कुरामा उद्दत भएको देखिन्छ। जहाँ धन जनको रक्षा र नागरिकले सुरक्षा महुसुस गर्दैनन् भने त्यो राज्यमा राजनीतीले जनमत माग्ने नैतिकता हुँदैन। राज्य राजनीतिद्वारा संचालित हुन्छ कूसंस्कारको राजनीति र मिथ्या भाषणले राजनीति र राज्यको प्रतिनिधित्व गर्दैन।
अहिले तमाम नेपाली कोहि भारत र बिदेशमा छट पटाउदै मरिरहेका छन् भने देश भित्रका नागरिक जसले यी नाथे मनुवाहरुलाई पगरी गुथेर सत्तामा पु¥याएका थिए ती जनता आज रोग र भोकले सडकमा नाङै मर्न बाध्य छन्।
सिटामोल नपाएर ज्यान गएको अवस्था छ। दैनिक २०० भन्दा बढीको ज्यान गईरहेको भएपनि राज्य सरकार मौन तर सत्ताको हनिमुन मनाउनमा नै व्यस्त छ। नेपालका प्रधानमन्त्री टुक्का हान्न मै व्यस्त हुनुहुन्छ। कहिले गुर्जो खानु, कहिले अम्बाको पात खानु, हाच्छ्यु गरी कोरोना उडाउनु भन्ने जस्ता गैर जिम्मेवारपूर्ण उखान र टुक्के अभिव्यक्ति दिएर जनताको हत्या गरिरहेका छन्।
राज्यका सयन्त्रको दुरुपयोग गरिरहेका छन। राजनीतिक संस्कार कुल्चिनु भएको छ। प्रधानमन्त्री ज्यू, तपाईले के–के काम जनताको लागि गर्नु भो त ? डीजिटल नेपाल बनाएको, धरहरा, मेलम्ची र मठमन्दिर, अयोध्यापुरी निर्माण र कालोपत्रे सडकको फुई लाउनु हुन्छ।
अरे ‘टुक्के बा’ यो मात्रै विकाश होइन विकास त्यो हो जहाँ मानवीय सुरक्षा, मानवीय सम्बेदना र नागरिकको स्वास्थ्यको जोखिमतालाई घटाउने काम हुन्छ। प्रती व्यक्ति आय बढछ। मानवीय सूचकांक कहाँ छ, कसले खान पाएको छ, कुन नागरिक भोको छ, कसले उपचार पायो कसले पाएन ?
यो हेर्ने राज्य र सरकार हो। उर्जावान युवा खाडिमा रगत र पसिना बगाइरहेका छन् भने ज्येष्ठ नागरिक, अशक्त, असहाय, सिमान्तकृत वर्ग अपांगता भएका नागरिक जसले यो देशमा भुरे ठालुहरुलाई सकि नसकी मतदान केन्द्रसम्म गइ मतदान गरे त्यसको परिणाम आज के सुविधा पाए त भन्दा औषधि उपचारका क्रममा अक्सिजन, भेन्टिलेटर र शय्याया नपाएर अकालमा ज्यान गुमाउनु परेको छ। कयौंका बाबुनानीहरु टुहुरा भएका छन्।
कयौं चेलीको सिंदुर पुछिएको छ भने कयौं पुरुषहरूलाई जीवनसंगीनी गुमेको पिडा छ। यो चित्कार, असह्य पीडा, ती नाबालकहरुको क्रन्दन, लासमाथि पिङ खेलिरहेको छ मेरो सरकार।
अहिले भौतिक विकाश निर्माण पहिलो प्राथमिकता हुदै होइन, अहिलेको प्राथमिकता भनेको मानव जिवन जोगाउन हो तर सरकार सडक बनाउदै छ। झोलुङ्गे पुल बनाउदै छ, खेल मैदान बनाउदै छ, धरहरा, पार्टी, पौवा, चौतारो निर्माणमा व्यस्त छ। किनभने त्यहा कमिशन छ तर मानवीय जीवन रक्षा गर्दा कमिसनको माईलेज कम छ।
कम माइलेज भएको काम किन गर्ने ? बरु जति मर्छन मर्न दिने, ‘सडेका आँप हुन झर्न दिने रे !’ खोप र अक्सिजन खरिद गर्न कमिसन माईलेज मिलिरहेको छैन। देशको विकास र नागरिकको रक्षा त कता हो कता लोकतान्त्रिक गणतन्त्र नेपालको अस्तित्व समाप्त गरी आफ्नो परिवारमा नै आगो लगाई भस्मासुरको हुँकार दिन मगन मस्त सरकारले के सुरक्षा दिन्छ ?
कहिले भुकम्पको नाममा भ्रष्टाचार गरे, कहिले पुनःर्निर्माणको, कहिले बाढीपहिरो त कहिले आगलागी, व्हाईटबडी, बालुवाटार, एन्सेल काण्डजस्ता जघन्य अपराध र विकृतिहरुको जालोमा निमुखा नेपाली जनता झेलिएका छन्।
अहिले खोप र औषधिमा कमिशन अनि भ्रष्टाचार औषधि र खोपमा कमिशन खानु भनेको गरिब निमुखा नागरिकको रगत चुस्नु सरह हो। मान्छेको मृत्यु धमाधम भइरहेको छ। खोप शय्या र औषधिको अभावमा तर मसान घाटहरु भने झिलिमिली देखिन्छन्। मरेको लासमाथि राजनीती गरी पार्टीको झन्डा ओढाउछन् र एक होनहार कुशल कार्यकर्ता गुमाएको भनी हुँकार गरिन्छ। खै ! यिनको नैतिकता जीवन हुँदा सिटामोल नदिने मरेपछि झन्डा ओढाएर लासमाथि राजनिती गर्ने, कठै नेपाल आमाका सन्तान।
हामीले सरकार संचालन गर्ने जिम्मेवारी कस्ता व्यक्तिलाई दियौं। त्योपनि महत्वपूर्ण कुरा छ। राजनीतिक संस्कार ईमान र नैतिकता गुमाएका व्यक्तिको हातमा देश पार्नु ‘बादरको हातमा नरिवल’ भने जस्तै हो। अहिले हामीले त्यही नियति भोगिरहेका छांै। अहिलेको यो कोभीड–१९ को कहालीलाग्दो कहरले राजा र राणाको ईतिहासको प्रसङ्ग आउछ।
राणा र राजाले वीर अस्पताल, सरुवा रोग अस्पताल सिंह दरबार, विमानस्थल, सैन्यअखडा, भौतिक संरचना र यन्त्र उपकरणको व्यवस्था नगरेको भए यी भुरे थाठु कहाँ बस्थे, कसरी जनतामाझ नाक ठाडो गर्थे।
विस २०४७ भन्दा यता कुनचाहि संरचना बन्यो ? जनताले के सुविधा पाए। केही भएछ भने नेताको भुडी भरियो, छोराछोरी विदेश पढाए होलान्, श्रीमतीलाई गहना किने होलान्, घर खेत र सम्पत्ति कमाएर विदेशी बैंकमा जम्मा गरे, पजेरो र प्राडो चढ्नुभयो। तर निमुखा जनताले करको नाममा नोट र भर भरोसाको नाममा भोट दिए।
नेपालको स्वास्थ्य क्षेत्र बिजोग छ। शिक्षा र स्वस्थ्य जस्ता मानवीय जीवनसँग प्रत्यक्ष सरोकार राख्ने आधारभुत आवश्यकतालाई राष्ट्रियकरण गर्नुपर्छ भनि गोविन्द केसीले आमरण अनसन बस्दा उहाँलाई सरकार विरोधीको आरोप सरकरहरुले लगाउँदै आए।
आज यो विश्वव्यापी महामारी आउँदा थाहा भयो यो नेपालको संरचना त केवल (स्केलेटल सिस्टम) हड्डीको पन्जर मात्र रहेछ। भित्र खोकलो बाहिरको बोक्रा सहितको गुदो त सब खाईसकेका रहेछन्। अनि कसरी जोगिन्छ मानव जीवन ?
यस्तो राज्य व्यवस्था र सरकारले केवल संसदीय गणित जोडघटाउ गर्दै आफ्ना निजी स्वार्थ पुरा गरेर देश र जनताको रगत पसिना चुसेर जुका जस्तै टन्किएका छन्। अहिलेको यो महामारीले देखाइदियो हाम्रो विकाश, राष्ट्रिय संरचना, ईमान र नैतिकताको राजनीति। धोती फुत्केका लाज सरम नभएका जोगीको जस्तो अर्को देशसँग भिख मागिरहेको उदाङो राजनीति र राज्य व्यवस्था यो कोभिड–१९ को कहालीलाग्दो कहरले छर्लङ्ग पारेको छ।
अब यो उदाङ्गो राज्य व्यवस्थाकोपछी लागेर नेपाली दाजुभाइ, दिदीबहिनी र आमाबुबाको ज्यान बचाउनु सबै युवा शक्ति, नागरिक समाज र सम्बद्ध सबै तह र तप्काबाट सक्दो प्रयास गरौं।
पशुपति नाथले सबैको रक्षा गरुन् !
(लेखक भट्ट राजनीति शास्त्रका विद्यार्थी हुन्।)