सुदूर नेपाललाई विश्वसँग जोड्दै

छाडा पशु चौपायाले हैरान वनाएका वेला जनस्तरवाट गौशाला निर्माण सुरु

विभिन्न व्यक्ती र संस्थावाट झण्डै १२ लाख संकलन

२०७५ असोज २९, ११:१९ सीताराम ओझा

सुदुरपश्चिम प्रदेशका कैलाली कञ्चनपुरमा छाडा पशु चौपायले समस्या पारिरहेका वेला अव तिनको नियन्त्रणका लागि सुविधा सम्पन्न गौशाला निर्माण हुने भएको छ । गौ संरक्षण सेवा समितीले सुविधा सम्पन्न गौशाला गौशाल निर्माणको काम थाल्ने तयारी गरेको छ । हालसम्म जनस्तरवाट थालिएको अभियानवाट झण्डै १२ लाख रकम संकलन भएको छ । गौशाला निर्माण भएमा छाडा पशु चौपाय नियन्त्रणमा आउनुका साथै त्यसवाट राम्रो आम्दानी समेत गर्न सकिने भएको छ । 

छाडा पशु चौपायका कारण समस्या भईरहेका वेला धनगढी उपमहानगरपालिका वडा नम्वर ३ चटकपुरमा आधुनिक गौशालाको निर्माण कार्य थालिएको हो । धार्मिक गौशालाको हिसावले अगाडी वढाउँदै लैजानका लागि गौशाला निर्माणको काम जनस्तरवाट थालिएको गौ संरक्षण सेवा समितीका सदस्य सीताराम अवस्थीले वताए । 

गत वैशाख महिनामा भवनको सिलान्यास भएसँगै घाँस पराल राख्ने गोदाम घर निर्माणको अन्तिम चरणमा पुगेको छ । पहिलो चरणमा एक सय ८ छाडा पशु चौपायलाई राखिएपछि त्यसपछि क्रमशः पशुहरु थप गर्दै लगिने छ । संरचना निर्माणका लागि जनजस्तरवाट सहयोग भईरहेको छ । त्यही सहयोगको रकमले संरचना निर्माणको काम अगाडी वढ्ने तयारी भएको हो । गौशालामा वजारका छाडा पशु चौपायका साथै दुधालु र उन्नत जातका गाईहरु राखेर त्यसको गोवर गौमुत्र लगायवाट पनि आम्दानी गर्न सकिने भएकोले गाई सरुंक्षणको अभियानमा लागेको गौ संरक्षण सेवा समितीका अध्यक्ष भोजराज पाठकले वताए । 

धनगढी राजघाट जोड्ने मोहना नदीको किनारमा आधुनिक गौशाला निर्माणको काम अगाडी वढिरहेको छ । त्यहाँ गाईहरुको संरक्षणका साथै त्यसवाट आम्दानी गर्न सकिने विभिन्न किसिमका कामहरु पनि गरिनेछन् । गौमुत्र प्रशोधन, अर्गानिक कृषि खेती लगायतका धेरै कामहरु गर्ने योजनाका जनस्तरवाट आधुनिक गौशाला निर्माणको काम थालनी गौ संरक्षण सेवा समितीका उपाध्यक्ष चेतराज पाण्डेयले जानकारी दिए । 

 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस