सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीकी संक्रमित शिक्षिकाको अन्तिम टिकटक भिडियो: ‘भोलि यो संसार छाडेर जान सक्छु’

२०७८ वैशाख २९, ०१:५७ आशिष मल्ल

धनगढी:  बैशाख १८ गते शनिबार सामाजिक सञ्जाल ‘टिकटक’मा अपलोड भएको एउटा भिडियोमा मास्क लगाएकी एक महिला देखिन्छन्।

उनले बनाएको टिकटकमा भनिएको थियो ‘आमा धेरै थकित छु, जिन्दगीदेखि। सायद अब बाँच्न सक्दिँन होला यो स्वार्थी संसारमा। मलाई माफ गरिदेउ है आमा तिमीलाई खुसी दिन सकिँन।’

त्यसकै भोलिपल्ट आइतबार उनले फेरि थप एक भिडिओ अपलोड गरिन्। बिस्तरामै सुतिरहेको अवस्थामा उनले भन्दैथिन, ‘कोरोनाको महामारी दिनप्रतिदिन बढीरहेको छ। बोल्न मन छ भने आजैै दिल खोलेर बोलौं, भोलि के थाहा यो संसार छाडेर म पनि त जान सक्छु। तपाई पनि त जान सक्नुहुन्छ। २ दिन बाँचुन्जेल किन मिठो बोलेर नबाँच्ने, प्लिज मिठो बोल।’

अर्कोदिन सोमबार उनले लुकेर आफ्नो छोराको भिडियो अपलोड गरेकी छिन्। त्यो भिडियोमा उनले लेखेकी छिन्, ‘मेरो छोराले पिठो मिचेको उसलाई थाहा नदिएर बनाएको भिडिओ।’

यी तिन वटै भिडिओबाट सहजै अनुमान लगाउन सकिन्छ, कि उनी कोरोना संक्रमित हुन। उनले ती सबै भिडिओ होम आइसोलेसनमा बसेको बेला बनाएकी थिइन्। अहिले ती सबै भिडिओमा ‘कमेन्ट’ आइरहेका छन्। कमेन्टमा लेखिएका छन्, ‘हार्दिक श्रद्धान्जली।’
  ०००
कैलालीको गोदावरी नगरपालिकामा रहेको लोटसआई माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएकी मीना पाल बैशाख १९ गते कोरोना संक्रमित बनिन्। केहीदिन वडा नम्बर १ अत्तरियामा रहेको घरमा आइसोलेट भएर बसेकी ३८ वर्षीया उनीलाई थाइराइडको समेत समस्या थियो। अवस्था जटिल बन्न थालेपछि पाललाई केहीदिन पहिले मालाखेती अस्पतालमा भर्ना गरिएको थियो। 

त्यहाँपनि उपचार सम्भव नभएपछि मीना पाललाई धनगढीस्थित माया मेट्रो अस्पतालमा रेफर गरिएको थियो। तर उनको बुधबार बिहान ८ बजे उपचारका क्रममा मृत्यु भइसकेको जेठाजु डम्बरबहादुर पालले बताए।  

उनको शरीरमा अक्सिजनको मात्रा कम भएपछि ज्यान गएको अस्पतालले जनाएको छ। आजै उनको शवको गोदावरी आर्यघाटमा अन्तिम संस्कार गरिन थालिएको छ। 

पाल विद्यालयको पूर्व प्राथमिक तहमा गत वर्षदेखि अध्यापन गराउँदै आएकी थिइन। उनका १ छोरा र १ छोरी छन्। 

@api839

Miss you mom afulai khahi huda ama ko yad dharai aucha ama jasto yo sansar ma kohi hudaina

♬ original sound - palpalkoxuchii

 

 

 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस