सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका दुई स्वास्थ्य चौकीमा अक्सिजन सहितको आइसोलेशन बनाइने

२०७८ वैशाख २९, ११:११ खबर संवाददाता

धनगढी: बाजुराका दुई स्वास्थ्य चौकीमा अक्सिजन सहितको आइसोलेशन बनाइने भएको छ।

नगर स्तरीय कोभिड १९ संकट व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले बुढिगंगा नगरपालिकाका देउली सैन स्वास्थ्य चौकी र ब्रम्तोला स्वास्थ्य चौकीमा अक्सिजन सहितको आइसोलेशन बनाउने निर्णय गरेको हो।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको व्यवस्था पनि गरिने बताइएको छ। 


 

कमेन्ट लोड गर्नुस