सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोहनापुल–अत्तरिया ६ लेन सडकमा पर्ने सुनीखोला पुलको निर्माण कार्य सुरु

२०७८ वैशाख २९, १०:३९ कमल सावद

धनगढी: कैलालीको मोहनापुल–अत्तरिया ६ लेन सडकमा पर्ने सुनीखोला पुलको सम्झौताको ५ महिनापछि निर्माण कार्य सुरु भएको छ। जिल्लाको गोदावरी नगरपालिकाको गेटा क्षेत्रमा पर्ने सुनीखोला पुलको निर्माणको काम थालिएको हो। वैशाखमा सम्झौता भएको मनहरापुलको काम भने थालिएको छैन्। 

कोरोना संक्रमणको त्रासले पुल निर्माणको काम सुरु गर्न नसकिएको भन्दै निर्माण व्यवसायीले बर्खापछि मात्र काम सुरु गर्ने बताएको छ। तर गौरीफन्टा सीमा नजिक रहेको मोहनापुल निर्माणले भने अझै स्वकृती पाएको छैन्। 

मोहनापुल–अत्तरिया ६ लेन सडकको निर्माणको काम लगभग अन्तिम चरणमा छ। सडक आयोजना कार्यालयका अनुसार ९२ प्रतिशत भौतिक प्रगति पुगेको छ। तर सो सडक क्षेत्रमा पर्ने ३ पुल निर्माणको कामले अझै सार्थकता पाएको छैन्। 

५ महिना पहिले ठेक्का सम्झौता गरिएको गेटाको सुनीखोला पुल बल्ल अहिले निर्माण थालिएको छ। तर अन्य २ पुलको निर्माणको काम सुरु समेत नभएको मोहनापुल अत्तरिया ६ लेन सडक योजना कार्यालयका सूचना अधिकारी लक्ष्मण रावलले बताए। उनले भने, “सुनीखोला पुलको निर्माणको काम सुरु भएको छ।

मनहराखोलाको पनि ठेक्का भएको छ। तर परिक्षणको काम बाँकी छ। गर्नुहोस भनेका छाैं। तर कोरोनाको संक्रमणका कारण केहि काम प्रभावित भएको छ।”

झण्डै ३ करोडको लागतमा सुनीखोला पुल निर्माणका लागि राजेन्द्र निर्माण सेवासँग गत वर्ष माघको अन्तिम साता सम्झौता गरिएको थियो। २० महिनामा निर्माण सक्ने सम्झौता गरिएकोमा राजेन्द्र निर्माण सेवाले झन्डै ५ महिनापछि पुल निर्माणको काम थालेको छ।


त साता मात्र सम्झौता गरिएको मनहरापुलको निर्माण अवधि २८ महिना छ। झण्डै ६ करोडमा उच्चाकोटी–शनिदेव–साजेन्द्रस्वर जेभीले मनहरापुल निर्माण गर्दै छ। तर कोरोना संक्रमणका कारण परीक्षणको काममा ढिलाई हुने देखिएकाले बर्षापछि मात्र काम सुरु हुने  निर्माण व्यवसायी यज्ञराज जोशीले बताए। उनले भने, “परीक्षणको काम गर्न पाएका छैनौं। कोरोना संक्रमित भए। काम गर्न सकिएन। बर्षा अगाडी काम नहोला जस्तो छ।”

मोहनापुल–अत्तरिया ६ लेनमा पर्ने तीन पुल मध्ये २ पुलको निर्माणका लागि सम्झौता गरिएको छ। तर मोहनापुल निर्माणका लागि स्वकृती समेत पाइएको छैन्। गौरीफन्टा सीमा क्षेत्रमा पर्ने मोहनापुल निर्माणका लागि अझै विभागले स्वकृती नदिएको मोहनापुल अत्तरिया ६ लेन सडक योजना कार्यालयका सूचना अधिकारी रावलले बताए। 

मोहनापुल–अत्तरिया ६ लेन सडक कालोपत्रेको काम सकिएको छ। रंङ्गरोगन लगायतका केहि काम भने बाँकी छ। 


 


 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस