सुदूर नेपाललाई विश्वसँग जोड्दै

सञ्चारकर्मी खड्काको खोजी गर्न माग

२०७५ असोज २८, ०२:५९ खबर संवाददाता

नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष तथा रेडियो बुढीनन्दा एफएम बाजुरामा कार्यरत सञ्चारकर्मी तेज बहादुर खड्काको खोजी गर्न माग गरिएको छ। नेपाल प्रस युनियन जिल्ला शाखा डोटीले आईतबार जिल्ला प्रशासन कार्यलय डोटी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाउदै खड्काको खोजी गर्न माग गरिएको हो। बाजुरा जिल्लाको धार्मिक तथा पर्यटकिय स्थल बुढीनन्दाको दर्शन तथा रिपोर्टिङ गरेर  घर फर्कने क्रममा जिल्लाको छाप्रे भन्ने स्थानबाट भदौ ९ गते  खड्का बेपत्ता भएका थिए। उनको अवस्था अहिले सम्म अज्ञात रहेकाले तत्काल खोजी कार्यका लागि हवाईमार्ग तथा स्थलगत दक्ष अनुसन्धान टोली पठाई खोजी कार्य गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए। साथै बोधार्थ सरोकारवाला सबै निकाएलाई दिएको अध्यक्ष बमले बताए।  

कमेन्ट लोड गर्नुस