सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली कांग्रेस डडेल्धुराको पार्टी कार्यालयमा आइसोलेसन बनाइँदै

२०७८ वैशाख २७, ०४:३५ खबर संवाददाता

डडेल्धुरा: नेपाली कांग्रेस डडेल्धुराले गठन गरेको सेवादलले पार्टी कार्यालय किसुन जी भवनमा आइसोलेसन निर्माण गरेकाे छ।

१३ बेडको आइसोलेसन बनाइरहेको सेवा दलका सदस्य राम विष्टले बताए। कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै डडेल्धुरा अस्पताल संक्रमितले भरिएपछि पार्टी कार्यालयमा आइसोलेसन बनाइरहेको उनले बताए।

आइसोलेसन निर्माणपश्चात उक्त स्थानमा अक्सिजन व्यवस्थापन गरिने सेवा दलका सदस्य राम विष्टले बताए। विशेषगरी गाउँघरमा तथा सदरमुकाम पुगेर बस्न समस्या भएकाहरुलाई निर्माण गरिएको आइसोलेसनमा राखिने कांग्रेस डडेल्धुराका पार्टी सभापति तथा सुदूरपश्चिम प्रदेशका सासंद कर्णबहादुर मल्लले बताए। छ। 

काेरोना संक्रमणको पहिलो लहर फैलिएका बेला सोही सेवा दलले गत वर्ष लकडाउनमा अलपत्र परेका करिब १० हजार जनालाई निःशुल्क खाना खुवाएको थियो। 

त्यस्तै जिल्लाका स्थानीय तहमा स्वास्थ्य सुरक्षाका सामग्री मास्क, सेनिटाइजर, ग्लोब्स् जस्ता सामग्री समेत सेवा दलले वितरण गरेको थियो। 

कमेन्ट लोड गर्नुस