सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा थप १२ जनामा कोरोना पुस्टि

२०७८ वैशाख २७, ०४:०९ खबर संवाददाता

बाजुरा:  बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना १२ जना संक्रमित थपिएका छन्। 

सोमबार २० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताए।

योसँगै बाजुरामा संक्रमितको संख्या २ सय १५ पुगेको छ। पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ।
 

कमेन्ट लोड गर्नुस