सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरीकामा गोली चल्दा १ नेपालीसहित ४ जनाको मृत्यु

२०७८ वैशाख २७, १०:३४ खबर संवाददाता

काठमाडौं : अमेरीकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा अन्धाधुन्द गोली चल्दा एक नेपालीसहित ४ जनाको ज्यान गएको छ।

स्थानीय समय अनुसार शनिबार बिहान साढे ६ बजे बाल्टिमोरको मुख्य शहर इनर हार्बर देखि ९ माइल उत्तरपश्चिममा भएको गोलीकाण्डमा संखुवासभा खादवारी नगरपालिका–६ तल्लो पांठाका २५ वर्षीय सागर घिमिरेको ज्यान मृत्यु भएको छ।

अध्ययनको सिलसिलामा अमेरिका बस्दै आएका घिमिरे साउथ क्यारोलाइनाबाट स्नातक तहको दीक्षान्त सकेर एक साता अघि मात्रै बाल्टिमोर आएका थिए। 

उक्त घटनाको नेपाली दूतावासले खेद प्रकट गरेको छ। 

कमेन्ट लोड गर्नुस