सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला अस्पताल बैतडीमा अक्सिजन अभाव

२०७८ वैशाख २६, ०४:०३ खबर संवाददाता

बैतडी: जिल्ला अस्पताल बैतडीमा अक्सिजन अभाव भएको छ। 

कोरोनाका बिरामीहरु बढ्दै गएपछि अक्सिजनको अभाव भएको जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताए। अक्सिजनको अभावमा अब थप बिरामी भर्ना गर्नसक्ने अवस्था नभएको उनले बताए। 

अहिले जिल्ला अस्पतालमा १० जना संक्रमितको अक्सिजन सपोर्टमा उपचार भइरहेको डा. जोशीले बताए। अस्पतालमा भएका अक्सिजन सिलिण्डरहरु खाली भएका र अक्सिजन आपूर्ती हुन नसकेको उनले बताए।  जिल्ला अस्पतालमा अक्सिजनको अभाव भएसंगै कोरोनाका बिरामीहरुलाई बाहिर रेफर गर्नु परिरहेको छ। 

कोरोनाको दास्रो लहर चलेपछि जिल्ला अस्पताल बैतडीमा अहिले सम्म ३१ जना उपचारका लागि भर्ना भएका छन्। ती मध्ये ९ जनाले कोरोना जितेका छन् भने ७ जनालाई अन्यत्र रेफर गरिएको छ।

यस्तै जिल्ला अस्पतालमै कोरोनाका कारण दुई जनाको मृत्यु भइसकेको छ।
 

कमेन्ट लोड गर्नुस