सुदूर नेपाललाई विश्वसँग जोड्दै

२० दिने शिशुले जिते कोरोना

२०७८ वैशाख २६, ०३:४० खबर संवाददाता

एजेन्सी: भारतमा एक २० दिने शिशुले कोरोना संक्रमणलाई पराजित गरेका छन्। भारतको चण्डीगढका सन्दीप कौरले जन्मदिएका छोरा २० दिनमै छोरा सुखदीप कोरोनाबाट संक्रमित भएका थिए। 

त्यसपछि ती शिशुलाई निकै ज्वरो आएपछि अस्पताल भर्ना गर्नुप¥यो। उपचारमा संलग्न बाल चिकित्सक डाक्टर जतिन्द्र सिंहका अनुसार शिशुलाई अस्पताल भर्ना गरिएका बेला निकै ज्वरो आएको थियो। त्यसपछि सुखदीपलाई आमाबाट छुट्टै राखेर उपचार गरिएको थियो। 

१० दिनपछि शुक्रबार ती नवजात शिशु पञ्जाव इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (पिआईएमएम) जालन्धरबाट डिस्चार्ज भएका छन्। 

पञ्जाव कपूरथलाका गुरदीपका अनुसार छोरामात्रै संक्रमित थिए। अहिले आरटी र पिसिआरसहित सबै स्वास्थ जाँच गरिएपछि सुखदीपलाई डिस्चार्ज गरिएको छ र आमा सन्दीपले फेरि काखमा लिएकी छिन्। 

कमेन्ट लोड गर्नुस