सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमणबाट बाजुराका एक वडाध्यक्षको मृत्यु

२०७८ वैशाख २६, ०१:२८ खबर संवाददाता

बाजुरा: बाजुरामा कोरोना संक्रमित एक वडाअध्यक्षको मृत्यु भएको छ। बडीमालिका नगरपालिका–९ का अध्यक्ष विनोद कुमार विकको ज्यान गएको हो। 

संक्रमणपछि जिल्ला अस्पातलको आइसोलेसनमा उपचाररत उनको थप उपचारका लागि डडेल्धुरा लैजादै गर्दा अछामको साँफेबगरमा मृत्यु भएको आफन्त राजेश विकले बताए । 

जिल्लामा भेन्टिलेटर र आइसीयू नहुँदा थप उपचारका लागि जिल्ला अस्पताल बाजुराले उनलाई डडेल्धुरा रेफर गरेको थियो। 

उनको शव दुर्गाभञ्जन गुल्मका सेनाले आइतबार बिहान व्यवस्थापन गरिसकेको छ।
 

कमेन्ट लोड गर्नुस