सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको दोगडाकेदार गाउँपालिकाका सबै सवारी साधन बिरामी बोक्न प्रयोग गरिने

२०७८ वैशाख २५, ०५:०४ खबर संवाददाता

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिकाले आफ्ना सबै सवारी साधन कोरोना नियन्त्रणमा प्रयोग गर्ने जनाएको छ। 

अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडीसहित सबै सवारी साधन कोरोना नियन्त्रणमा प्रयोग गरिने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्रबहादुर धामीले जानकारी दिए। 

गाउँपालिकामा एक एम्बुलेन्स, एक टीपर, एक बोलेरो जिप र एक कार रहेकोमा सबैलाई कोरोना नियन्त्रणको काममा प्रयोग गरिने प्रमुख प्रशासकीय अधिकृत धामीले बताए। 

कोरोना भाइरसका संक्रमितहरु बढीरहेकाले उनीहरुको उपचार लगायतका काममा गाडीहरु प्रयोग हुने बताइएको छ। 

यस्तै पालिकाले प्रत्येक वडामा कोभीड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुलाई सम्पर्क व्यक्तिको रुपमा तोकेको छ । 

वडामा रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु मध्ये सम्पर्क व्यक्तिहरु तोकेको प्रमुख प्रशासकीय अधिकृत धामीले बताए ।  

कमेन्ट लोड गर्नुस