सुदूर नेपाललाई विश्वसँग जोड्दै

आयुर्वेद कार्यालय दार्चुलाका प्रमुख जोशीको कोरोना संक्रमणका कारण धनगढीमा मृत्यु

२०७८ वैशाख २५, ११:२१ खबर संवाददाता

धनगढी: जिल्ला आयुर्वेद स्वास्थ केन्द्र दार्चुलाका कार्यालय प्रमुख एवम् वरिष्ठ कबिराज(निरीक्षक) लोकेन्द्र जोशीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

केहिदिन पहिले संक्रमण पुस्टि भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा शनिबार बिहान मृत्यु भएको जिल्ला आयुर्वेद स्वास्थ केन्द्र दार्चुलाले जनाएको छ।

४५ वर्षीय जोशी उपचारका लागि गत हप्ता भारतको दिल्ली गएका थिए। भारतबाट फर्किएपछि उनीलाई धनगढीमा कोरोना संक्रमण पुस्टि भएको थियो।

उनको स्थायी घर बैतडीको दोगडाकेदार गाउँपालिका हो।  
 

कमेन्ट लोड गर्नुस