दार्चुलाका सिडिओले बिरामी बोक्न गाडी दिने
दार्चुला: दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले आफुले चढ्ने गाडीलाई बिरामी बोक्न प्रयोगमा ल्याइने बताएका छन्।
शुक्रबार कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा उनले आफुले चढ्ने बा२झ ६७ नम्बरको गाडी कोरोना संक्रमित बाहेकका बिरामीलाई बोक्न दिने बताएका हुन।
कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा जिल्लामा रहेका एम्बुलेन्स कोरोना संक्रमित बोक्नमा प्रयोग हुने र आफ्नो गाडी विरामी बोक्न प्रयोग गर्न दिने उनले बताए।