सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङबाट एक कोरोना संक्रमितलाई हेलिकोप्टरमार्फत काठमाडौं लगियो

फाइल फोटो
फाइल फोटो
२०७८ वैशाख २३, ०५:२१ खबर संवाददाता

बझाङ: बझाङबाट एक कोरोना संक्रमितलाई थप उपचारका लागि काठमाडौं लगिएको छ।  

जिल्ला अस्पतालमा उपचाररत जयपृथ्वी नगरपालिका–९ का ३१ वर्षीय पुरुषलाई हेलिकोप्टरमार्फत काठमाडौं रेफर गरिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीले बताए।

संक्रमितमा एक हप्ताअघि कोरोना पुस्टि भएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि उनी आइतबारदेखि जिल्ला अस्पतालमा उपचाररत थिए।

बुधबार उनको अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागी रेफर गरिएको जोशीले बताए।

कमेन्ट लोड गर्नुस