सुदूर नेपाललाई विश्वसँग जोड्दै

२५ वर्षीया महिलाले जन्माइन् एकैपटक ९ बच्चा

२०७८ वैशाख २३, ०३:२३ खबर संवाददाता

एजेन्सी: मालीकी एक २५ वर्षीया महिलाले एकैपटक ९ वटा बच्चालाई जन्मदिएकी छिन्। 

हालिमा सिसे नामकी ती महिलाले मोरक्कोमा बच्चाहरु जन्माएकी हुन्। मालीको सरकारले विशेष हेरचाहका लागि उनलाई मोरक्कोको अस्पतालमा लगेको थियो। 

उनका पतिले आफू निकै खुशी भएको बीबीसीलाई बताएका छन्। सबै बच्चाहरु सकुशल रहेको पनि उनले जानकारी दिएका छन्। ९ बच्चाहरुमा ५ जना छोरी र ४ जना छोरा रहेका छन्।

विगतमा सन् २००९ मा अमेरिकामा एकजना महिलाले ८ वटा बच्चा जन्माएर गिनिज बुकमा नाम दर्ता गराएकी थिइन्। 
 

कमेन्ट लोड गर्नुस