सुदूर नेपाललाई विश्वसँग जोड्दै

मूल्य बढाएर सामान बिक्री गर्ने बाजुराका ५ व्यापारीलाई कारबाही

२०७८ वैशाख २३, ११:१३ खबर संवाददाता

धनगढी: मूल्य बढाएर सामान बिक्री गर्ने बाजुराका ५ जना व्यापारीलाई जिल्ला प्रशासन कार्यालय बाजुराले कारबाही गरेको छ। 

उनीहरुले प्रिन्ट मूल्यभन्दा बढीमा खाने तेल बिक्री गरेको पाइएपछि कारबाही गरिएको हो। ती व्यापारीहरुले बढी मूल्य लिएको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय बाजुरामा उजुरी दिएका थिए। 

उजुरीपछि कारबाहीमा परेका उनीहरुलाई अब गल्ति नदोहोर्‍याइने सर्तमा छोडिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।  

कमेन्ट लोड गर्नुस