सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको अमरगढीले नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्स बनाउने

२०७८ वैशाख २३, १०:४४ खबर संवाददाता

डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिकाले नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्स र टिप्परलाई शव वाहन बनाउने घोषणा गरेको छ। 

कोरोना संक्रमणको दोस्रो लहर तिब्र रूपमा फैलिन थालेपछि अमरगढीले उक्त घोषणा गरेको हो।

अमरगढीले जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्स र टिप्परलाई शव वहान बनाउने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी लालबहादुर साँउदले बताए। नगरप्रमुख र उपप्रमुख चढ्ने २३९ नम्बरको गाडीलाई एम्बुलेन्स र नगरपालिकाको टिप्परलाई शव वाहन बनाउने निर्णय गरिएको उनले बताए। 

जनताको करबाट खरिद गरेका स्थानीय तहका गाडीलाई कोरोना संक्रमितको लागि प्रयोग गर्नुपर्ने आवाज तिब्र रूपमा उठेको थियो।

कमेन्ट लोड गर्नुस