बाजुरामा आजदेखी निषेधाज्ञा जारी
धनगढी: बाजुरामा आजदेखि निषेधाज्ञा जारी गरिएको छ।
जिल्ला कोभिड -१९ संकट व्यवस्थापन समितिको निर्णय अनुसार जिल्लामा आज (बुधबार) बिहान ५ बजेदेखि यही वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताइएको छ।
अत्यावश्यक खाद्यान्न पसल, निर्माण साम्रगीका पसलहरु बिहान ६ बजेदेखि १० बजेसम्म र दिउँसो ४ बजेदेखि ६ बजेसम्म खुला रहने प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए।
त्यस्तै औषधी तथा स्वास्थ्य साम्रगी पसलहरु २४ सै घण्टा खुला रहने, बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम कर्मचारी राखेर निश्चित समय तोकेर सेवा प्रवाह गर्नुपर्ने निर्णय भएको उनले बताए।