सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा कोरोनाबाट थप ४ जनाको मृत्यु

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ वैशाख २२, ०८:१५ खबर संवाददाता

धनगढी: कोरोना भाइरस संक्रमणबाट कैलालीमा थप ४ जनाको मृत्यु भएको छ। 

धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ७२ वर्षीय पुरुष र वडा नम्बर ८ का ५८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। 

दम सम्बन्धी समस्या भएका ७२ वर्षीय पुरुषको मंगलबार ८ बजेको समयमा उपचारका क्रममा मृत्यु भएको हो भने श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका  ५८ वर्षीय पुरुषको मंगलबार साँझ ७ बजेको समयमा मृत्यु भएको हो। 

यस्तै कैलालीको गौरीगंगा नगरपालिका -१ का ३५ वर्षीय पुरुषको र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका -१ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ।  संक्रमण पुस्टि भएका उनीहरुको बुधबार बिहान ४ : २० बजेको समयमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। 

४ जनाकै सेती प्रादेशिक अस्पतालममा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। 

कमेन्ट लोड गर्नुस