सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा कोरोनाबाट एक जनाको मृत्यु

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ वैशाख २२, ०७:५८ खबर संवाददाता

धनगढी: बैतडीमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ।

जिल्लाको पाटन नगरपालिका वडा नम्बर १ का ४४ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल बैतडीले जनाएको छ। 

स्वास्थ्यमा समस्या देखिएका उनलाई ५ दिन अगाडी कोरोना पुस्टि भएको थियो। होम आशोलेसनमा बसेका उनलाई मंगलबार उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो। 

राति १ बजेको समयमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। 

कमेन्ट लोड गर्नुस