सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

२०७८ वैशाख २१, ०४:१५ खबर संवाददाता

बैतडी: बैतडीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ।

जिल्लाको पाटन नगरपालिका–६ खोडपे–पाटन सडकखण्डमा पर्ने मानिका खानमा अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेको हो।

सडकबाट करिब ३ सय मिटर तल खोल्सामा उक्त शव फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र शाहीले बताए। 

स्थानीयले शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए। शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल बैतडी राखिएको छ।

कमेन्ट लोड गर्नुस