दार्चुलाको लेकम गाउँपालिकाका अध्यक्ष जोशीलाई कोरोना
२०७८ वैशाख २०, १२:४६
दार्चुला: दार्चुलाको लेकम गाउँपालिकाका अध्यक्ष प्रमानन्द जोशीलाई कोरोना संक्रमण देखिएको छ।
अध्यक्ष जोशीसँगै स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमा पनि कोरोना देखिएको हो।
गाउँपालिकामा कोरोनाको संक्रमण बढ्दै गएको भन्दै लेकम गाउँपालिकाको आग्रह अनुसार गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले सोमबार बिहान ६ बजेदेखि आगामी वैशाख २९ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए।
कमेन्ट लोड गर्नुस