ग्रामीण वस्तीहरुमा दशैँको रौनकता
हिन्दुहरुको महान चाड दशै मनाउनका लागि घर फर्किनेहरुर्को संख्या थपिदै गएपछि गाउँघरमा उत्साह र रौनक वढेको छ। लामो समयदेखि युवा विहीन भएका गाउँहरु अहिले भरिन थालेपछि दशैंको उल्लास र रौनकता वढेको हो । वर्षौपछिको भेटघाट पछि जमघट र भलाकुसारी गरेर रमाईलो गरिन थालिएको छ।
हिन्दुहरुको महान पर्व दशै घर आगँनमै पुगेपछि घर फर्किनेको ओईरो लागेपटि गाउँघरतिर उल्लास र रौनक थपेको हो। आफ्नो गाउँघर छोडेकाहरु गाँउ पुग्न थालेपछि दशैंका रौकनता वढ्दै गएको डडेलधुरा अजयमेरु गाँउपालिका २ का लक्ष्मीदत्त पाण्डेयले वताए।
दशैको समयमा पहाडी जिल्लाहरुमा बढि उत्साह हुने गरेको छ। परम्परागत रुपमा दशैको समयमा आफन्तहरुको भेट हुने र एकै ठाँउमा बसेर दशै मनाउने चलन सुदूरपश्चिमेलीहरुमा छ। बैतडीको पाटन नगरपालिकाका घनश्याम पन्तले अहिले गाउँघरमा उल्लास र रौनक वढेको वताए ।
सयौँको संख्यामा नेपालीहरु धनगढीसँग जोडिएको गौरीफन्टा र महेन्द्रनगरसँग जोडिएको गड्डाचौकी नाका भएर भित्रिएर घर पुगिरहेका छन। ठुलो शहरहरु काठमाण्डौ लगायतका क्षेत्रबाट समेत गाँउ जानेको लर्काे लाग्दा गाँउमा रौनकता थपिएको बैतडीका महेशप्रसाद अवस्थीले जानकारी दिए।
नजिकै आईरहेको दशैंका लागि घर फर्किरहेका नेपालीहरुमा यतिबेला उत्साह छ। उनीहरु एक अर्कालाई भेटघाट गर्ने र दशैका लागि आवश्यक समानको बन्दोबस्त गर्न थालेका छन। दशैको समय सुरु भएसंगै शहरमा जनसंख्या कम हुदै गएको वैतडीका विनोद विक्रम विष्टले वताए।