दार्चुलामा नेपाली सेनामा कार्यरत एक संक्रमितलाई हेलिकोप्टरमार्फत काठमाडौं लगियो
दार्चुला: दार्चुलामा नेपाली सेनामा कार्यरत एक संक्रमितलाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ।
कोरोना संक्रमण पुष्टि भएर शरीरमा अक्सिजनको मात्रा कम नेपाली सेनाका नायकलाई सिम्रिक हेलिकप्टरमार्फत काठमाण्डौं लगिएको हो।
जिल्ला अस्पताल दार्चुलामा आइसियू नभएका कारण उनलाई रेफर गरिएको अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी दिए।
४५ वर्षीय ती पुरुषमा वैशाख १५ गते एन्टिजेन परीक्षण विधिबाट कोरोना पुस्टि भएको थियो।
दार्चुलामा हालसम्म कोरोना संक्रमितको संख्या ५२ पुगेको छ।