सुदूर नेपाललाई विश्वसँग जोड्दै

भेन्टिलेटरसहितको सघन उपचार कक्ष प्रयोगविहीन

फाईल फोटो
फाईल फोटो
२०७८ वैशाख १७, ०८:३९ रासस

बैतडी: नयाँ भेरिएन्टसहितको दोस्रो चरणको कोराना भाइरसको सङ्क्रमण फैलिरहेका बेला जिल्ला अस्पतालमा जडान गरिएको भेन्टिलेटरसहितको सघन उपचार कक्ष प्रयोगविहीन भएको छ। 

सुदूरपश्चिम प्रदेश सरकारले प्रदान गरेको उक्त भेन्टिलेटरसहितको सघन उपचार कक्ष अझै सञ्चालनमा आउन सकेको छैन्।

जिल्ला अस्पताललाई पाँच महिना पहिला प्रदान गरिएको उक्त भेन्टिलेटर हालसम्म पनि सञ्चालनमा आउन नसकेको हो।

कोरोनाका बिरामी बढ्दै गएपछि प्रदेश सरकारले गत मङ्सिरमा उक्त भेन्टिलेटर जिल्ला अस्पताललाई उपलब्ध गराएको थियो। 

तीन महिना पहिला नै जडान गरिएको सो कक्ष दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको जिल्ला अस्पतालका प्रमुख डा. वशन्तराज जोशीले जानकारी दिए। 

गत मङ्सिरमा कोरोना भाइरसका गम्भीर बिरामीलाई उपचार गराउन सहज होस् भन्ने हेतुले भेन्टिलेटरको कक्षमा उपकरण जडान गरिएको थियो।

विशेषज्ञ जनशक्तिको अभावमा कक्ष सञ्चालनमा ल्याउन नसकिएको उनले बताए।
 

कमेन्ट लोड गर्नुस