सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको झुलाघाट हेल्थ डेस्कका ल्याब असिष्टेन्टसहित थप ४ जनामा कोरोना पुस्टि

२०७८ वैशाख १५, ०६:२२ खबर संवाददाता

बैतडी: बैतडीको झुलाघाट हेल्थ डेस्कमा कार्यरत ल्याब असिष्टेन्टसहित थप ४ जनामा कोरोना संक्रमण पुस्टि भएको छ।

बुधबार एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा जिल्लाका थप ४ जनामा कोरोना पुस्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। 

३६ वर्षीय ल्याब असिष्टेन्टसहित दशरथचन्द नगरपालिकाका थप ४ जनामा कोरोना पुस्टि भएको उनले बताए।  दशरथचन्द नगरपालिका १० का २२ वर्षीय पुरुष, दशरथचन्द नगरपालिका ६ का ४० वर्षीय पुरुष र दशरथचन्द नगरपालिका ८ का ३५ वर्षीय पुरुषमा कोरोना पुस्टि भएको हो। 

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १२१ पुगेको छ। सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ७५ जना सक्रिय संक्रमित रहेका छन्। 
 

कमेन्ट लोड गर्नुस