सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा धनगढीका एक जनाको कोरोना संक्रमणबाट मृत्यु

२०७८ वैशाख १५, १०:०४ खबर संवाददाता

धनगढी: भारतमा धनगढीका एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। धनगढीको फुलबारीमा घर भई भारतको दिल्लीमा काम गर्दै आएका मनोज भट्टको कारोना संक्रमणबाट मृत्यु भएको हो।

सुदूरपश्चिमेली नेपाली समाज भारत, दिल्ली राज्य समितिका पूर्व कोषाध्यक्ष समेत रहेका भट्टको दिल्लीबाट अक्सिजनको कमी भएपछि महाकाली अस्पताल महेन्द्रनगर ल्याउँदै गर्दा मुरादाबादमा मृत्यु भएको हो।

भारतका दर्जनौ अस्पतालमा भर्नाका लागि ठाउँ नपाएपछि नेपाल ल्याउँदै गर्दा उनको मृत्यु भएको सुदूरपश्चिमेली नेपाली समाज भारतका अध्यक्ष दीपक मल्लले बताए। 

कमेन्ट लोड गर्नुस