सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमण बढीरहेका बेला बैतडी प्रमुख जिल्ला अधिकारीविहीन

२०७८ वैशाख १४, ०७:०५ खबर संवाददाता

डीआर भट्ट, बैतडी: बैतडी प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीविहिन भएको छ। निवर्तमान प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी सरुवा भएर गएपछि अहिले बैतडी प्रजिअ विहिन भएको हो। यस्तै जिल्लामा सहायक प्रमुख जिल्ला अधकारी पनि छैनन्। 

कोभिडको दोस्रो लहर भयाभह रुपले बढीरहेका बेला जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहने प्रजिअ जिल्लामा छैनन्। गृहमन्त्रालयबाट निवर्तमान प्रमुख जिल्ला अधिकारी जोशीको नाममा बैशाख १२ गतेको रमाना पत्र भएपनि गत चैत ३१ गतेनै उनी जिल्लाबाट गएका थिए। काम विशेषले विदा मागेर उनी चैत ३१ गते घर गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी जोशीलाई रुपन्देही सरुवा गरेको थियो। रुपन्देहीको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा जोशीलाई गृहमन्त्रालयले खटाएकोमा जोशीको ठाउँमा गृहमन्त्रालयबाट राजेन्द्रदेव पाण्डे प्रमुख जिल्ला अधिकारीको रुपमा बैतडी आउने भनिएपनि उनी अहिलेसम्म आएका छैनन्।

जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार गृहमन्त्रालयबाट नयाँ प्रजिअका रुपमा आउनलागेका पाण्डेय १७ गते मात्रै हाजिर हुने बताइन्छ। अहिले जिल्ला प्रशासनका प्रशासकिय अधिकृत एवम् सूचना अधिकारी खगेन्द्र भारती निमित्त प्रजिअले गर्ने कामकाजहरु गरिरहेका छन्। 

प्रजिअ नभएपनि कामकाजमा कुनै समस्या नभएको उनले बताए। कोभिड संक्रमण बढीरहेको अवस्थामा स्थानीय सरकारसँग समन्वय गर्ने लगायत अन्य सेवा प्रवाहको सन्दर्भमा कुनै समस्या नभएको उनी बताउँछन्।

सेवा प्रवाह नरोकिएपनि महामारी बढीरहेको  बेला प्रजिअ नै जिल्लामा नहुनुले महत्वपूर्ण निर्णय हुन सकिरहेका छैन।
 

कमेन्ट लोड गर्नुस