सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा स्वर्गीय पाण्डेय दम्पतीको प्रतिमा अनावरण

२०७८ वैशाख १४, ०६:२५ खबर संवाददाता

बैतडी: हरी दुर्गा विकास समाजले स्वर्गीय हरिदत्त पाण्डेय र उनकी श्रीमति दुर्गा पाण्डेयको प्रतिमा अनावरण कार्यक्रम गरेको छ। प्रतिमा अनावरण बैतडी जिल्ला समन्वय समितिका संयोजक शिद्धराज भट्टले गरेका थिए। 

उक्त कार्यक्रममा विभिन्न कक्षामा अध्ययनरत गरिब जेहेन्दार विद्यार्थीहरुलाई जनही ६/६ हजारका दरले ५ जनालाई छात्रवृति प्रदान गरिएको थियो। भने, आ आफ्नो क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने विभिन्न व्यक्तिलाई नगद पुरुस्कारसहित अभिनन्दन गरिएको थियो। 

सम्मानित हुनेमा पाटन उदयदेव मन्दिरका मुलपुजारी कृष्ण जोशी र कृष्ण माध्यमिक विद्यालयका पूर्व प्राचार्य शिवदत्त जोशी रहेका छन्। उनीहरुलाई अभिनन्दन पत्रसहित ५/५ हजार प्रदान गरिएको थियो।

यस्तै उदयदेव माध्यमिक विद्यालयका प्राचार्य राजेन्द्र चन्द, कैलपाल स्वास्थ्य केन्द्रका प्रमुख नरेश चन्दलाई अभिनन्दन पत्रसहित ३/३ हजार नगद प्रदान गरिएको थियो।

कमेन्ट लोड गर्नुस